|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) सामान्य अंकले बढेको छ।

नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेर २ हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ७२ हजार २६१ पटक खरिदबिक्री हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज होटल तथा पर्यटन समूह शून्य दशमलव ६८, उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४६ र लघुवित्त समूह १ दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै वित्त समूह २ दशमलव ७९ र अन्य समूह २ दशमलव ४२ प्रतिशतले बढेको छ।

त्यसैगरी, बैंकिङ शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव ६७, जलविद्युत् शून्य दशमलव ७६, लगानी शून्य दशमलव ६९, जीवन बीमा शून्य दशमलव ४९, म्युचअल फन्ड शून्य दशमलव ५०, निर्जीवन बीमा १ र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समान ९ दशमलव ९९ प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ करोड ८ लाख १० हजार ९२० रुपैयाँ बराबरको ३ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.