|

काटमाडौं : आईपीएल क्रिकेटमा  मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) विरुद्ध शाननदार जित निकालेको छ।  दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसीबीलाई ७ विकेटले हरायो। 

आरसीबीले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५ दहलाव ३ ओभरमा ३ विकेट गुमाएर भेटायो। मुम्बईका लागि ओपनर इशन किशनले ३४ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ६९ रन बनाए। यस्तै सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्का सहित ५२ रनको विष्फोटक इनिङ खेले।

रोहित शर्माले २४ बलमा ३८ रन बनाए भने कप्तान हार्दिक पन्ड्याले ६ बलमा २१ रन बनाए।​ आरसीबका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। आरसीबीका लागि कप्तान फ्याफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए भने दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्का सहित ५३ रन जोडे। रजत पतिडरले २६ बलमा ५१ रन बनाए।

मुम्बईका जसपृत बुम्राह एक्लैले ५ विकेट लिए भने जेराल्ड कोट्जी, आकाश मध्वाल र श्रेयास गोपालले १-१ विकेट लिएका थिए।

जित पछि मुम्बई ५ खेलमा ४ अंक सहित सातौं स्थानमा छ। आरसीबी भने ६ खेलमा २ अंक सहित पुछारबाट दोस्रो छ। 

प्रतियोगितामा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स भिड्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.