|

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–४ ले हात पारेको छ।

हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हेटौँडा ४ र १४ बीच भएको फाइनल खेलमा सडनडेथबाट ६–५ गोल अन्तरले हेटौँडा–४ विजयी भएको हो। यसैगरी हेटौँडा-१४ ले उपविजेतामा चित्त बुझायो।

विजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो। प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए।

फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १/१ गोलको बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो। खेलको ६२औँ मिनेटमा वडा नम्बर ४ का लागि दीपेश भण्डारीले गोल गर्दै अग्रता दिलाए।

खेलको निर्धारित समयको १० मिनेट बाँकी रहँदा उपविजेता टोलीका लागि अनुप राना मगरले गोल गर्दै खेललाई बराबरी गरे। टाईब्रेकरमा समेत दुवै टिमबाट बराबर गोल भएपछि सडनडेथबाट उपाधिको छिनोफानो भएको हो। टाइब्रेकरमा २–२ गोलको बराबरी भएपछि सडनडेथबाट विजेताको टुंगो लागेको हो।

तेस्रो बनेको वडा १५ ले ५० हजार र चौथो बनेको वडा १३ ले २५ हजार रुपैयाँ पाए।

हेटौँडा उपमहानगरको सहयोग तथा नगर खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.