|
प्रतीकात्मक तस्विर

कैलाली : जिल्लाका विभिन्न भाग भएर बग्ने सात नदीमा तटबन्ध निर्माण शुरु भएको छ। कटैनी गौरीग‌ंगा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्ध शुरु भएको हो।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा  नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।  गौरीग‌गा नगरपालिकास्थित कटैनी नदीमा २८०, गौरीगंगा २३०, शिवगंगा १६५ र कैलालीको घुराहा नदीमा १५० गरी ८२५ मिटर तटबन्धका लागि तीन करोडको ठेक्का सम्झौता भएको छ। 

बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि पाँच करोड रुपैयाँको ठेक्का सम्झौता भई धमाधम काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताए। कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि नौ करोड रुपैयाँको ठेक्का सम्झौता भई काम शुरु भएको छ। घोडाघोडी नगरपालिका-१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा तटबन्ध निर्माण शुरु भएको डिभिजन प्रमुख पालले जानकारी दिए।

यसैगरी मोहन्याल गाउँपालिका-४ खिमडीस्थित ठूलीगाडमा ७५६ मिटर तटबन्ध निर्माणका लागि चार करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ।  डिभिजन कार्यालयका प्रमुख पालले नौ महिनाभित्र तटबन्धको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.