|

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३ नारायणगोपाल चोकबाट नियन्त्रित लागुऔषधसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नियन्त्रित लागुऔषध प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुलसहित दोलखा मेलुङ गाउँपालिका–४ घर भई काठमाडौँ जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा खटिएको प्रहरीले बा २२ प ५२४८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.