|
फाइल तस्वीर

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।

ललितपुरको गोदावरीमा शनिवार शुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष ओली अस्वस्थ भएपछि आइतवार उपस्थित भएनन्। 

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार अस्वस्थ भएकाले उनी बैठकमा उपस्थित नभएका हुन्। उनले अध्यक्ष ओलीलाई रुघा लागेको र हिजो बोल्नसमेत गाह्रो भएको थियो। 

उनले जारी बैठकमा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको बताए। “३६ वटा समूहमा प्रत्येकले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो‚’ उनले भने, ‘धेरै खण्डन आएको छैन। प्रतिवेदन सर्वसम्मत पास भयो।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.