काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले दाबी पेस गरेसँगै प्रमुख पर्शुराम खापुङले समर्थन गरेका प्रदेशसभा सदस्यहरुलाई सनाखतका लागि बोलाएका छन्।
कार्कीको समर्थनमा ५२ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाएका छन्। उक्कत नाम लिस्ट र हस्ताक्षरसहितका प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख खापुङले आजै दिउँसो साढे १२ बजेभित्र उपस्थित भई सनाखत गर्न भनेका हुन्। उनीहरूको सनाखतपश्चात कार्कीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।