|

जनकपुरधाम : जनकपुरधामको रामानन्दचौकमा रहेको होटेल होली डे एण्ड गेष्ट हाउसमा मंगलबार महिला र पुरुष मृत अवस्थामा भेटिएका छन्।

महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र सोही ठाउँ माइत भएकी प्रिया (नाम परिवर्तन) झुन्डिएको अवस्थामा भेटिएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार मंगलबार दिउँसो साढे ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको बताए।

कोठाभित्र बालिका रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा दुवैजना झुन्डिएका थिए।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी अवाले दुवैजनाको अनैतिक सम्बन्ध रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रहरी टोलीले घटनास्थल पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ। दुवैजना वैशाख ७ गतेदेखि होटेलमा बस्दै आएको होटेल होली डे एण्ड गेष्ट हाउसका सञ्चालक अजय ठाकुरले बताए। पुरुषका चार र महिलाका १ सन्तान छन्।

महिलाका श्रीमान् कतारमा छन्।

शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.