काठमाडौँ : नेपाल प्लास्टिक सर्जन सङ्घ (एपसन) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (न्याम्स)को प्लास्टिक सर्जरी सङ्कायको संयुक्त आयोजनामा गोष्ठी हुने भएको छ।
‘नेपालमा प्लास्टिक सर्जरीको अवस्था, चुनौती र सुरक्षित अभ्यास’ विषयमा यही वैशाख १४ गते गोष्ठी हुने भएको हो। गोष्ठीमा नेपालका वरिष्ठ प्लास्टिक सर्जन प्राडा पियुष दाहाल, प्राडा शङ्करमान राई, प्राडा जयनमान श्रेष्ठ र प्राडा किरण नकर्मीले कार्यपत्र प्रस्तुत गर्नेछन्।
कार्यक्रमको संयोजन र गोष्ठीबाट प्राप्त निष्कर्षका आधारमा भावी कार्ययोजना निर्माण गरिने अस्पतालका सहप्राध्यापक प्लास्टिक सर्जन डा पशुपतिबाबु पोखरेलले बताए।
गोष्ठीले नेपालको प्लास्टिक तथा जलनसम्बन्धी सेवाको विकास र विस्तार गर्न ऐतिहासिक भूमिका खेल्ने विश्वास लिएको आयोजकले जनाएको छ।
गोष्ठीमा यो सेवामा कार्यरत करिब ५० जना प्लास्टिक सर्जनहरुको सहभागिता हुने अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।