काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डले होटल सोल्टीमा पुगेर राजा अमिरलाई भेटवार्ता गरेका हुन्। भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने तथा आपसी हितमा केन्द्रित भएको बताइएको छ।
कतारका राजा अमिर मंगलबार नेपालको दुईदिने भ्रमणमा आएका हुन्। कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए। कतारी अमिर शेख आज स्वदेश प्रस्थान गर्ने तालिका छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।