|

काठमाडौँ : पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा आज हेर्दाहेर्दैमा सकिएको छ । सर्वोच्च अदालतले जेठ २३ गते सुनुवाइ गर्ने भएको छ।

बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

अब मुद्दामा जेठ २३ मा सुनुवाइ हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। 

सशस्त्र युद्धको समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.