|

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणवाङको रानीभीर ठाडोपाखो सामुदायिक वनमा बुधबार साँझ (आज) ६ : ३० बजे भीषण आगलागी भएको छ।

जंगलको बीच भागमा लागेको डढेलो जंगलैभरी फैलिँलै गएको छ। साँझपख हुरी बतास चलिरहेको समयमा जंगलमा डढेलो लागेपछि बस्तीमा क्षति पुग्ने डरले स्थानीय त्रसित बनेका स्थानीयवासी श्रीराम पौडेलले जानकारी दिए।

पौडेलका अनुसार आगो नियन्त्रण गर्ने स्थानीयको प्रयास असफल भएको छ। सुरक्षाकर्मी र वन डिभिजन कार्यालयलाई जानकारी गराइसकेको उनले बताए। आगो नियन्त्रणमा लिन सकिने कुनै सम्भावना नरहेको र नजिक रहेको दरुङ वस्तीका वासिन्दाहरु त्रसित भएका उनले जानकारी दिए।

खानेपानीको पाइप जडान गर्नका लागि हिटिङ तताउँदा जंगलमा आगलागी भएको भन्ने सुनिए पनि अहिलेसम्म कारण भने पत्ता लागेको छैन।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाहरुमध्ये डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दी जिल्लामा पु¥याएको छ। डढेलोले म्याग्दीको करिब सात सय हेक्टर वन क्षेत्र ध्वस्त बनाएको छ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गत फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ वटै स्थानीय तहका एक सय १२ वनमा डढेलो लागेको छ। 

साँझको समयमा भिरालो क्षेत्रमा लागेको डढेलोले वस्तीलाई नै त्रसित बनाएको स्थानीयले बताएका छन्। वन क्षेत्र डढेलोका कारण कालो देखिएको छ भने रुख, बोट विरुवा, वनस्पति र पंक्षी तथा जंगली जनावरहरु समेत डढेर खरानी भएका बताइएको छ।

लामो समयसम्म खडेरी परेकाले जंगलको घाँस, बुट्यान पनि सुकेका छन्। पानीका मुहानहरु सुक्ने र डढेलोले पाइप जलेपछि गाउँहरुमा खानेपानीको हाहाकार भएको मालिका गाउँपालिका ६ का पदमबहादुर पुनले बताए।

जिल्लाको बेनी नगरपालिका लगाएत मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न जंगलहरुमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्याल्य म्याग्दीका प्रमुख विष्णु अधिकारीले जानकारी दिए।

कतिपय वनहरुमा आगो नियन्त्रणमा आइसकेको छ भने कैयौँ वनमा अझै पनि धुवाँ पुत्याइरहेको देखिन्छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.