|

काठमाडौँ : एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३-१ सेटमा र न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ कै सेटमा पराजित गर्‍यो। 

पहिलो खेलमा न्यु डायमन्डले २५–१२, २५–१५, १७–२५, २५–२१ ले खेल जित्यो। दोस्रो खेलमा एपिएफले पनि विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २५–२१, २५–२२, २५–१७, २५–१५ ले नै पराजित गर्‍यो।

प्रतियोगिताको राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गरे। उद्घाटनका अवसरमा पुलिसकी खेलाडी पुनम चन्दलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ। लिगको शीर्ष दुई टोलीबीच फाइनल हुनेछ। 

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख २५ हजार र चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, विधागततर्फ उत्कृष्टलाई २५ हजार र प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.