|

काठमाडौं : मकवानपुरको कैलाश गाउँपालिकामा गएराति ११ बजे ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। कैलाश गाउँपालिका १० पुरानो गाउँ बस्ने ३५ वर्षीय प्रदीप वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

भित्री सडकखण्ड भलटारदेखि पुरानो गाउँतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको प्रदेश ३-००१ त ०४१९ नम्बरको ट्र्याक्टरबाट खसेका वाइवा पछाडिको चक्काले किचेको थियो।

मृतकको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.