|

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। काठमाडौं, कालीकोट, सुर्खेत, सुनसरी, दाङ, रुपन्देही, झापा, मोरङ र गुल्मी जिल्लामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-२८ स्थित सडकमा बा.९ च ३४४० नम्बरको कार र प्र.३-०२-००९ प ५११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बझाङ खप्तडछाला गाउँपालिका-७ घर भई काठमाडौं अनामनगर बस्ने २६ वर्षीय युवराज थापाको मृत्यु भएको छ।

बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो। कार र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कालिकोट, खाँडाचक्र नगरपालिका-८ चिमगाउँ नजिक मान्ममाबाट चिमगाउँतर्फ जाँदै गरेको भे.२ त १९८१ नम्बरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेर  बिहीबार दिउँसो दुर्घटना हुँदा चालक दैलेख चामुण्डा गाउँपालिका बस्ने २५ वर्षीय भुपेन्द्र विष्टको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मन्ममा उपचारको क्रममा मृत्यु भएको  हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकमा मंगलगढी चोकबाट बसपार्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ह ०५८० नम्बरको अटोबाट खसेर महोत्तरी मटियानी नगरपालिका-४ बस्ने ५८ वर्षीया उर्मिला देवीको बिहीबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो।  अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरी, दुहबी नगरपालिका-८ जुटमिल नजिक सडकमा इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९२६९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री बारा गढिमाई नगरपालिका-५ घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका बस्ने २२ वर्षीय सिनेन्द्र राम चमारको बिहीबार बेलुकी मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिहेको छ।

दाङ, शान्तिनगर गाउँपालिका-५ खैरेनीस्थित सडकमा हापुरेबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.५ प ९३२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सल्यान घर भई हाल दाङ शान्तिनगर गाउँपालिका-५ बस्ने ७० वर्षीय शम्सेर थापाको बिहीबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको थप उपचारको लागि नर्सिङहोम नेपालगंज रिफर गरिएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-८ पकडिहवास्थित सडकमा लु.१३ प ३८९० नम्बरको मोटरसाइकल र यूपि ५३ एएफ ९९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहिबार राति दुर्घटना हुँदा यूपि ५३ एएफ ९९०६ नम्बरको मोटरसाइकल चालक भारत बिहार घर भई हाल रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ नेउडिहवा बस्ने ३२ वर्षीय असलाम खान पठानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन्।

मोरङ, लेटाङ नगरपालिका-३ फारलाईनस्थित सडकमा लेटाङबाट कानेपोखरीतर्फ जाँदै गरेको को.२ ह ३२०८ नम्बरको अटो अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका-७ बस्ने ४१ वर्षीय ओमनारायण श्रेष्ठको मृत्यु भएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको लेटाङ एडभान्स हेल्थकेयर सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ।

यसैगरी मोरङ, केराबारी गाउँपालिका-७ प्रभात टोल बस्ने १७ वर्षीय निर्मल महतोको आफ्नै घर अगाडि साइकल गुडाउन क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो।

          झापा, मेचीनगर नगरपालिका-१२ देउनिया पुलस्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.११ प १६०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक बुद्धशान्ति गाउँपालिका-३ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्य भएको हो।

          गुल्मी, गुल्मीदरवार गाउँपालिका-३ म्यालपोखरीस्थित सडकमा गौंडाकोटबाट बिरवासतर्फ जाँदै गरेको लु.३५ प ५४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुल्मीदरवार गाउँपालिका-३ राजा बस्ने २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि मिशन अस्पताल पाल्पा पठाइएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.