|

जनकपुरधाम : मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले प्रदेशमा मासु तथा दुग्ध मिसन कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

‘पशु चिकित्सकहरू आवश्यक स्वास्थ्यकर्मी हुन्’ मूल नारा सहित २४ औं विश्व भेटेरिनरी दिवस २०८१ को अवसरमा शनिबार जनकपुरधाममा भएको कार्यक्रममा मन्त्री न्यौपानेले बोल्दै वनस्पति, पशु तथा मानवका बीचमा अन्योन्याश्रित सम्बन्ध भएको बताउँदै एकको अभावमा अर्कोको कल्पना गर्न नसकिने समेत बताए।

पशुको पीडा बुझेर उपचार गर्ने पशु चिकित्सक महान् भएको बताउँदै ग्रामीण क्षेत्रमा पशु स्वास्थ्यकर्मी बस्न नरुचाउनुले पशु अधिकारमाथि कुण्ठित गर्ने काम भएको बताउँदै देशको तथा मधेशको निर्माण गर्नका लागि सामूहिक अठोटको आवश्यकता भएको मन्त्री न्यौपानेले बताए।

मानवमा सत्तरी प्रतिशत जुनोटिक्स रोग पशुबाट सर्ने भएकाले पशुजन्य पदार्थको सेवन तथा उपभोग सुरक्षित किसिमले गर्नका लागि विज्ञहरुले सुझाव समेत दिए।

मानव, पशु तथा वनस्पतिका बीचमा अन्योन्याश्रित सम्बन्ध भएकाले पशुपालन तथा पशुजन्य पदार्थको उपभोग सुरक्षित किसिमले गर्नका लागि विज्ञहरूले सुझाव दिए।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको आयोजनामा भएको सो कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री न्यौपानेले पशुमा लाग्ने सबै रोगको व्यवस्थित उपचार तथा अनुसन्धानका लागि प्रदेश स्तरको अस्पताल प्रदेश सरकारले निर्माण गरेर सञ्चालन गर्ने गरी अघि बढेको बताए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. निदेशकुमार सिंहले मानवमा प्रयोग गरिने अधिकांश औषधिको परीक्षण पहिला पशुमा गरिने भएकाले मानव जीवनमा पशुको निकै ठूलो महत्त्व रहेको बताए।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा.सञ्जीवकुमार ठाकुरले मानवमा सर्ने ७० प्रतिशत जुनोटिक्स रोग पशुबाट सर्ने भएकाले पशुपालन तथा पशुजन्य पदार्थको उपभोग सुरक्षित तरिकाले गर्न जरुरी रहेको बताए। पशुको क्षेत्रमा अनुसन्धाता प्राध्यापक डा. दिनेशकुमार सिंहलाई मन्त्री न्यौपानेले कदरपत्र सहित सम्मानित गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.