|

बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्राप्त नतिजाअनुसार ४०० मत गणना हुँदा एमालेका उम्मेदवार दमन भण्डारीले १५७, कांग्रेसका उम्मेदवार अभिशेक सिंहले १३२, माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ४७ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत पाएका छन्।

छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ बाट मतगणना शुरु गरिएको छ। त्यस्तै, राप्रापाका उम्मेदवारले १ मत पाउँदा १२ मत भने बदर भएका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ। त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.