|

काठमाडौं :  वेष्ट इण्डिज ‘ए’ विरुद्दको ५ टी-२० शृंखलाअन्तर्गत नेपालले तेस्रो सफलता हात पारेको छ। 

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा क्यारेबियन टोलीको विकेट  करण केसीले लिएका हुन्। फेबियन एलेन१९ रन बनाएर आउट भएका हुन्।

यसअघि एलिक आथनेज १७ रन बनाएर रनआउट भएका थिए भने सागर ढकालले ५३ रन बनाएर खेलिरहेका आन्द्रे फ्लेचर आउट बनाएका थिए।

आज कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हाल्नेका छन्। 

नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन्। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो। 

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.