|

काठमाडौं : टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा वेष्टइण्डिज ‘ए’ ले नेपालसामू २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर विस्फोटक ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको हो।

उसका लागि जोन्सन चार्ल्सले शतकीय पारी खेले। ६१ बल खेलेका उनले १३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १ सय १९ रन जोडे।

आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान गरे। फाबियान एलेनले १९, एलिक एथानाजले १७ रन बनाउँदा किमो पोल १३ रनमा अविजित रहे।

नेपालका सागर ढकाल र करण केसीले १-१ विकेट लिए।  

पाँच खेलको श्रृंखला अन्तर्गत अहिले तेस्रो खेल भइरहेको हो। यसअघि भएका दुई खेलमध्ये दुवै टिमले एक एक खेल जितेका छन्।

शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्टइण्डिजँंग १० रनले पराजित भएको थियो। 

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.