|

काठमाडौं : टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा वेष्टइण्डिज ‘ए’ विरुद्धको खेलमा नेपालको चौथो विकेट गुमेको छ।  लोकेश बम २८ रन बनाएर आउट भएका हुन्। 

यसअघि विनोद भण्डारी १९ र अनिल साह १४ र आरिफ शेख ३  रनमा आउट भएका थिए। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको छ। नेपाल २ सय २८ रनको विजय लक्ष्यसहित मैदान उत्रिएको हो।

पाँच खेलको श्रृंखला अन्तर्गत अहिले तेस्रो खेल भइरहेको हो। यसअघि भएका दुई खेलमध्ये दुवै टिमले एक एक खेल जितेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.