|

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन्।

नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा उनले अस्थिरता नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताए। 

प्रवक्ता डा महतले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निस्तेज बनाउनुपर्ने धारणा राखे।

उनले भने, “चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु।”

प्रवक्ता डा महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे। उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.