|

नेपालगञ्ज : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस बाँके क्षेत्र नं १ द्वारा आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सृदृढीकरणका लागि एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे

उपनिर्वाचनको चुनावमा भएको पराजयले कांग्रेसलाई थप बलिएको बनाउन सहयोग गरेको उनको भनाइ छ। नेता कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ता एक हुनुपर्नेमा जोड दिँदै टिकट जसले पाए पनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताए।

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको बृहत्तरहितका लागि कांग्रेसको आवश्यकता औँल्याए।

​नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई बलियो बनाउन संगठनका गतिविधि चलायमान बनाउनुपर्ने भन्दै भातृ संस्थाहरूको परिचालन हुन नसकेकोमा दुःख व्यक्त गरे।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराब व्यक्तिलाई पुरस्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रूपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.