|

काठमाडौं : बागमती प्रदेशमा नेपाल (नेवारी) र तामाङ भाषा सरकारी कामकाजको भाषा बनेका छन्। वसन्तपुरमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुवै भाषालाई ‘प्रदेशको कामकाजको भाषा’ घोषणा गरे।

यससँगै प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहले समेत नेपाल र तामाङ भाषामा समेत सेवा दिनु पर्नेछ। अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली बाहेक तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ। 

बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन- २०८० लागू भएको हो। २०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै औपचारिक घोषणा भएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.