|

पर्वत : कास्कीको मादी गाउँपालिकामा बिहीबार भएको टिप्पर दुर्घटनामा परी दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान करिब पौने ११ बजेको समयमा मादी गाउँपालिका–५ स्यालटुडास्थित छाचोकमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका–३ घर भई हाल पोखरा महानगरपालिका–२६ विजयपुरमा बस्ने ३५ वर्षीय धनबहादुर तामाङ  र सोही ठाउँमा बस्दै आएका ५२ वर्षीय कृष्णबहादुर लामा रहेका छन्। शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।

उनीहरू दुवैजनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार चलिरहेको छ। 

छाचोकबाट पोखराका लागि छुटेको ग १ ख ४२९८ नं. को  ढुङ्गा बोकेको टिप्पर सडकबाट करिब पाँच मिटर तल खसेको थियो। टिप्परका चालक फरार रहेकाले खोजी भइरहेको र उक्त स्थानमा सीआरभी भद्रकालीबाट प्रहरी टोली खटिरहेको पनि कास्की प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.