|
फाइल फोटो

काठमाडौं : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो र बाघचाल मात्र खेलाउन सक्ने अवस्था रहेको बताएका छन्।

संसदको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहीबार बोल्दै मन्त्री श्रेष्ठले अत्यन्त कम बजेटमा मन्त्रालय चलाउनुपरेको बताए।

देशभरका जनप्रतिनिधिहरू योजना माग्न आइरहेको भन्दै उनले देशको बजेटभन्दा ठूलो खेलकुद पूर्वाधारको माग भएर आएको उनले बताए।

‘अहिले खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुँडो, चेस र बाघचाल मात्र हो।’ मन्त्री श्रेष्ठले भने।

बजेटकै अभावमा खेलकुदमा समय सापेक्ष काम गर्न नसकेको भन्दै उनले जीर्ण भइसकेका रङ्गशालाहरूको मर्मत गर्न नसकिएको बताए।

राष्ट्रिय खेलकुद परिषदले रंगशाला संचालन प्रयोग तथा मर्मतको कार्यविधि बनाइसकेको भन्दै मन्त्री श्रेष्ठले बोर्ड बैठकले त्यसलाई पारित गरेपछि व्यक्तिले नभइ विधिले रंगशाला मर्मतको काम अघि बढ्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.