|

विराटनगर : ठूलो परिमाणको गाँजासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो।

गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा बुधवार राति साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ वर्षीय भगवान किस्कुलाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.