|

महोत्तरी : महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ। 

मटिहानी नगरपालिका, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा बिहीवार आगलागीपीडित २२१ बालबालिकालाई  कापी, कलम, पोशाक, झोलासहित १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो।

बालविकासदेखि कक्षा पाँचसम्मका ७६ जना बालक र ८३ जना बालिका तथा कक्षा छ देखि १२ सम्मका ३२ बालक र ३० बालिकासहित २२१ जनालाई रकम तीन लाख ७१ ह्जार पाँच सयभन्दा बढीका शैक्षिक सामग्री वितरण गरिएका  नगरप्रमुख हरि मण्डलले जानकारी दिए। 

कक्षा ४ मा अध्यनरत १२ वर्षीया बालिका लक्ष्मिनियाँले आगलागीपछि आफ्ना सबै शैक्षिक सामग्री जलेको अवस्थामा सहयोग पाएपछि धेरै राहत मिलेको बताइन्। “आगलागीबाट सबै किताब कापी जलेका थिए। त्यसयता पढ्न पनि पाएको थिएन, आज किताब, कापी, कलम, ब्याग, पोसाक तथा झोलालगायतका सामान पाएपछि धेरै खुसी लागेको छ। अब निरन्तर विद्यालय गएर मन लगाएर पढ्नेछु ”, बालिका लक्ष्मिनियाँले खुसी हुँदै भनिन्।

गत वैशाख १२ गते नगरपालिकाको वडा नं ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेका थिए। आगलागीबाट ती परिवारका पाँच सय ७० भन्दा बढी सदस्य प्रभावित भएका छन्। जसमध्ये २० वर्ष मुनिका तीन सय ७१ जना बालबालिकाहरू रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.