काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको छ। सिद्धार्थ बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो।
बैंकले भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो। बैंकले ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ को नाममा ऋणपत्र जारी गरेको छ।
यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइने व्यवस्था गरिएको छ। ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।