|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जरिवाना 'क्यूआर पे' मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। बिहीबार महाशाखाका एसएसपी जनक भट्टराईले याे व्यवस्थाकाे सुरुवात गरेका हुन्। 

महाशाखाका प्रमुख भट्टराईले दिनभर बैंककाे लाइनमा बसेर जरिवाना तिर्नुपर्ने बाध्यता हटेको बताए। भने,‘चालक कारबाही परेपछि पैसा तिर्नलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ, अब चालकले भोलिबाट सिधै ग्लोबल बैंकको क्यूआर पेबाट जरिवाना तिर्न सक्ने छन,यसले धेरै सहजता ल्याउने छ।’

उनका अनुसार यस अघि पनि अनलाइनबाट पैसा भुक्तानी गर्ने व्यवस्था गरिएको थियाे। तर ४० प्रतिशतले मात्रै सेवा लिने गरेको उनको भनाइ छ। यो सेवा ग्लोबल बैंकमा खाता भएकाले मात्रै लिन पाउने छन्।

उनले भने,‘अहिलेलाई ग्लोबलबाट मात्रै सेवा लिन सकिने छ,एक साताभित्रमा अरू ५० वटा बैंकबाट यस्तै सेवा पाउने व्यवस्था गर्ने छौँ, यो सुरुवात मात्रै हो।’
उनले विस्तारै मेसिनबाट चिट काट्ने प्रविधिमा पनि जाने छ।

तत्कालै कागजात नपाइने

एक पटक ट्राफिक कारबाहीमा परेपछि जरिवाना रकम बुझाउनेदेखि ब्लुबुक र लाइसेन्स पाउनलाई दुई दिन सम्म चालकलाई लाग्ने गरेको छ। तर एसएसपी भट्टराईले क्यूआर स्क्यानबाट जरिवाना भुक्तानी गरेपनि तत्काल भने  ब्लुबुक र लाइसेन्स नपाउने बताए।

‘पैसा तिरे पनि अरू डकुमेन्ट पाउन सम्बन्धित निकायमै जानुपर्छ, तत्कालै पाउने व्यवस्था पनि यस्तै डिजिटलाइज्ड गर्दै जान्छौँ।’ चालकले गल्ती नगर्ने मानसिकता बोकेमात्रै तत्कालै पाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ।

‘चालकलाई कारबाही गरेर तत्कालै पठाए पनि उसले फेरि एकैछिनमा गल्ति गर्‍याे भने यसको के अर्थ, बिहान कारबाही भएकालाई बेलुकासम्ममा डकुमेन्ट दिइयाे भने याे समय त उसले गल्ति गरेको महशुस गर्छ,’उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.