|

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो।

बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९,५५,३९,०९,१९८.८९ (अक्षरेपी नौ अर्व पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसा मात्र) मा ४.७५ प्रतिशतले हुन आउने 45,38,10,686.95 (अक्षरेपी पैंतालीस करोड अड्तीस लाख दश हजार छ सय छयासी रुपैयाँ पञ्चानब्बे पैसा मात्र) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५% ले हुन आउने दुई करोड अड्तीस लाख चौरासीहजार सात सय त्रिहत्तर रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण हुनेछ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबिच मिति २०७९÷०४÷१५ मा संस्था प्राप्तिसम्बन्धी सहमति भएको छ जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी प्राप्तिप्रक्रिया अगाडि बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.