|

काठमाडौं : देशभर कोभिडको सक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार  शुक्रबार १०३ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको हो। 

पछिल्लो २४ घन्टामा गरिएको १ हजार ९२५ जनाको नमूना परीक्षण गर्दा १०३ जना संक्रमित थपिदा यही समयमा ५३ जना संक्रमित संक्रमण मुक्त भएका छन्। 

मन्त्रालयको विवरण अनुसार सक्रिय संक्रमितमध्ये हाल २६ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ८ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.