काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम मौलिक रहेको दाबी गरेका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले यसपटक आएको नीति तथा कार्यक्रम परम्परागत नभएको बताए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले नीति तथा कार्यक्रमको विरोध गरेकोप्रति लक्षित गर्दै प्रचण्डले एमालेका एजेण्डा पनि नीति तथा कार्यक्रममा समेटिएको दाबी गरे।
निर्वाचन पछि एमाले र कांग्रेससँगको गठबन्धनमा सरकार बनेको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले यो दुवै गठबन्धनको न्यूनतम साझा कार्यक्रम मिसिएको मौलिक नीति तथा कार्यक्रम भएको जिकिर गरे।
एमालेले नीति तथा कार्यक्रमलाई कर्मकाण्डी देख्ने भए आफूले ल्याएको जस्तै रहेछ भनेर समर्थन गर्न पनि प्रचण्डले आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।