|

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल एनएफपिजेले साहसिक पर्यटन फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ पाटाको सहयोगमा  मंगलबारदेखि उक्त प्रदर्शनी गर्न लागेको हो।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखराको होटल पोखरा ग्राण्डमा हुन लागेको प्रदर्शनीमा देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यकीय र साहसिक फोटोहरू राखिने संयोजक सुनिल शर्माले जानकारी दिए। प्रदर्शनी जेठ १६ देखि १९ गते सम्म ४ दिन चल्नेछ।

प्रदर्शनीमा करिब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दाबढी फोटोहरू राखिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.