|

नयाँदिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चारदिने औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो। भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो।

आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो। त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो। प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदराबाद हाउसमै दिवा भोज आयोजना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.