|
फाइल

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताएका छन्। 

सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले  चलचित्रको सेन्सर कडा हुँदै गएको भन्ने आवाज उठेको भन्दै सेन्सर बोर्डलाई नेपाली चलचित्रका लागि सेन्सर खुकुलो गर्न आग्रह गर्ने बताए।

उनले नेपाली चलचित्रको सब्टाइटल राख्नसके विदेशमा पनि राम्रो महत्व पाउने बताए। उनले सब्टाइटलका कारण विश्वका मानिसहरु नेपाली चलचित्रको फ्यान हुनसक्ने उल्लेख गरे। 

उनले भने, ‘रिलिज हुने चलचित्रको सब्टाइटल गरिनुपर्छ। त्यसो गरे संसारभरका मानिसले हेर्न सक्नुहुनेछ। हाम्रा चलचित्र हेरेर विदेशीहरू पनि नेपाली चलचित्रका फ्यान हुनसक्छन्। नेपाली चलचित्रको सेन्सर कडा भएको छ भन्ने आएको छ। हरेक सामाजिक सञ्जालमा कुनै सेन्सर लागू हुँदैन, चलचित्र क्षेत्रमा अलि उदार हुनुपर्छ। सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड फरक भएकाले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाइयोस् भन्ने आग्रह गर्छु। उदारता हामीले देखाउनुपर्छ।’

अध्यक्ष केसीले नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउन आवश्यक रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.