|

काठमाडौँ : नेपाली फिल्म ‘गोरखा वारियर’को ट्रेलर सार्वजनिक भएको छ।

बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो। फिल्म फागुन ११ गते देशभर प्रदर्शनमा आउनेछ।

कार्यक्रममा निर्देशक मिलन च्याम्सले कलाकार सबै बराबर भएकाले सानो कलाकार भनेर कसैले हेप्न नहुने बताए। उनले सानो कलाकारको सहयोगबिना कुनै पनि कलाकार सुपरस्टार बन्न नसक्ने बताए। 

सिनेमाले देशका सुरक्षा फोर्समा काम गर्ने सुरक्षाकर्मीलाई युद्ध कसरी गर्ने भनेर पनि सिकाउने बताए। उनले यस सिनेमाले साँच्चिकै कसरी युद्ध गर्ने सिकाउने बताए।

फिल्ममा सन् १९४९ मा ‘मलाया इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथा प्रस्तुत गरिएको छ। यो फिल्म वास्तविक घटनामा आधारित रहेको बताइएको छ। 

नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ।

लण्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन्। कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.