|

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो ।

भेटका क्रममा विदेशमन्त्री जयशंकरले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताए। उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा सक्रिय सहभागिता देखेर खुशी लागेको सामाजिक सञ्जाल ‘एक्स’मा उल्लेख गरेका छन्।

मन्त्री साउदले  मञ्चलाई सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्नेछन्।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

परराष्ट्रमन्त्री यही फागुन ९ गते नयाँदिल्ली प्रस्थान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.