|

दोधारा चाँदनी : सुदूरपश्चिममा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा शुरु भएको छ। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ आएको जानकारी दिए। ​

अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा. इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा शुरु भएको हो।  

रक्तरोग विशेषज्ञ डा. ढकालले बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिने बताइन्। तर बालबालिकालाई क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न भने कठिन रहेको उनको भनाइ छ। ‘वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ’, उनले भनिन्, ‘बालबालिकामा हुने क्यान्सर अलि फरक छ। वयस्कलाई झैँ रोकथामका उपाय अपनाउन सकिँदैन।’

उनका अनुसार बालबालिकामा रक्त क्यान्सर (ब्लड क्यान्सर), ग्रन्थी आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने,कतिपय अवस्थामा रगत बग्ने र शरीरमा निलो डामको लक्षण देखिन्छ।

उनका अनुसार बालबालिकामा रक्त क्यान्सर (ब्लड क्यान्सर), ग्रन्थी आँखाको क्यान्सर र मिर्गौलामा क्यान्सर आदि हुन्। विशेषज्ञ ढकालले बिरामी अन्तिम समयमा अस्पतालमा पुग्ने गरेका कारण उपचारका कठिनाइ हुने गरेको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.