|

चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास शुरु भएको छ। चीनको रक्षा मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिअनुसार सोमाबार शुरु भएको अभ्यास शुक्रबारसम्म चल्नेछ। 

चीनले अभ्यासमा सहभागिता जनाउन निर्देशित-मिसाइल विनाशक उरुम्की, निर्देशित-मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने जनाएको छ।

यो क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो। गाजामा युद्ध चर्किएको र यमनमा इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा जहाजहरूमा आक्रमण शुरु गरेकाले यो वर्षको संयुक्त अभ्यासको चरण यो क्षेत्रमा बढ्दो तनावसँग मेल खाएको छ। 

मुलुकको प्रशान्त फ्लिटबाट भर्याग क्रुजरको नेतृत्वमा जहाजको एउटा टुकडी अभ्यासअघि सोमबार इरानी बन्दरगाह चाह बहार आइपुगेको रुसी राज्य मिडियाले बताएको छ। 

‘अभ्यासको व्यावहारिक हिस्सा अरब सागरमा ओमानको खाडीको पानीमा हुनेछ’, रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले भनेका छन्, ‘युद्धाभ्यासको प्रमुख उद्देश्य भनेको सामुद्रिक अर्थिक गतिविधिको सुरक्षामा काम गर्नु हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.