|

काठमाडौं : सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपको दोस्रो मात्रा खोप दिन सुरु गरेको छ। यो खोपको यसअघि भदौको तेस्रो हप्ता १० हजार किशोरीलाई पहिलो मात्रा खोप लगाइएको थियो। ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरु गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत ७ देखि खोप सुरु भएको हो।

त्यस्तै भेरी अस्पतालमा चैत ६,परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा चैत ८ र डडेलधुरा अस्पतालमा चैत १५ बाट एचपिभीको दोस्रो मात्रा दिइनेछ। एचपीभी दोस्रो मात्राको खोप लिन जाँदा अनिवार्य खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ।

सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपिभी खोप दिन थालेको हो। पहिलो मात्रा लगाएको ६ महिनादेखि एक वर्षभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। सोहीअनुसार अबदेखि उक्त खोपको दोस्रो मात्र खोप लगाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.