|

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ।

पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको कमिटीमा अर्की उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजक तोकिएको छ। कमिटीमा केही राजनीतिक व्यक्तित्व र पूर्वसुरक्षाकर्मीलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी दिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। 

महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी महाधिवेशन तयारीतीव्र रूपमा अगाडि बढाएको सचिव श्रेष्ठले बताए।

देशभर महाधिवेशन केन्द्रित संगठन सुदृढीकरण गरिरहेको पार्टीले सदस्यता विस्तार, प्रशिक्षण, राजनीतिक गतिविधि र जनवर्गीय संगठनका अधिवेशनलगायत कार्यक्रम सञ्चालन गरेको छ। महाधिवेशन दस्तावेज लेखन समितिले केन्द्रमा राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ ।

पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.