|

धनकुटा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले स्वास्थ्य स्वयंसेविकाको विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। 

मंगलबार धनकुटाका स्वास्थ्य स्वयंसेविकासँगको छलफलमा बोल्दै मुख्यमन्त्री काकीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएपछि मानवीय विकासका विषयमा अध्ययन गरेको र त्यसका लागि सुरुमा महिला स्वास्थ्य स्वयंसेविकाको विषयमा अध्ययन गरेको बताए। 

उनले राजनीतिक दलका नेताहरु स्वयंसेवी भन्दै तलब भत्ता खाने तर, समाज विकासको लागि दिन रात नभनि लाग्ने महिला स्वयंसेविकालाई निशुल्क काम लगाउन नहुने बताए। उनले महिला स्वयंसेविकाको प्रदेश सरकारले प्रोत्साहनका कार्यक्रम ल्याएको र अझै ल्याउनका लागि ऐन नियम बनाउने चरणमा रहेको बताए। 

यस अघि मुख्यमन्त्री कार्कीले धनकुटामा रहेको औधोगिक ग्रामको अनुगमन गरेका थिए। यस्तै नेपाल पत्रकार महासंघ धनकुटाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पूर्वी पहाडको विकासको लागि प्रदेश सरकार गम्भिर रहेको बताए। 

मुख्यमन्त्री कार्की सहित कोशी प्रदेशका मन्त्रीहरु धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालयमा पहिलो पटक मन्त्रीपरिषदको बैठकको लागि धनकुटा आएका हुन्। 

सो कार्यालयमा मंगलबार दिउँसो २ वजे प्रदेश सरकार मन्त्रीपरिषदको बैठक बस्ने बताइएको छ। तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ साल बैशाख २९ गते धनकुटामा स्थापना गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालयमा पहिलो पटक प्रदेश सरकार मन्त्रीपरिषदको बैठक बस्न लागेको हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.