|

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हावी हुन थालेको टिप्पणी गरेका छन्।

मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरसंवादमा बोल्दै उनले यस्तो बताएका हुन्।

रास्वपाका नेताहरूप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप समेत लगाए। उनले मुलुकलाई छट्टुभन्दा पनि गति र मति दुवै भएको नेताहरू जरुरी रहेको बताए।

झुक्याउने खालका छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाइ थियो।

उनले भने, ‘राजनीतिमा छट्टुहरू हावी हुन थाले। छट्टुहरू त आउँछ, लटरपटर पार्छ। झुक्याउँछ। हामीलाई गति र मति दुवै भएको मान्छे चाहियो। यो वेला हामीले मति पनि ठिक राख्नुपर्नेछ। हामीले आफ्नो घरभित्रको फोहर पनि ठिक गर्नुपर्नेछ। हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ। त्यसलाई ठिक गर्नैपर्छ।’

महामन्त्री थापाले काँग्रेसभित्र पनि मति बिग्रेका नेताहरू भएको भन्दै त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने स्वीकार गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.