|

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताएका छन्। 

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन्। 

उनले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकार बन्ने प्रक्रिया शुरु हुने बताए। उनले सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको बताए। 

उनले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.