|

पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्‍मा सुनार मृत  फेला परेकी वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

उनी विहान घरभन्दा केही टाढा रहेको धारामा नुहाउन गएकी थिइन्। दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। 

खोज्दै जाँदा घरभन्दा केही पर गोरेटो बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव फेला परेको पोखरेलले बताए।

धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशंका छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दसहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.