|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) करिब ३ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७३ अंकले ओरालो लागेर २ हजार ४ दशमलव शून्य ५ अंकमा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ।

विभिन्न कम्पनीका ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता शेयर ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा कारोबार भएको छ।

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको २३ करोड ३२ लाख ९१ हजार छ सय १२ रुपैयाँ बराबरको कारोबार भयो।

शिवम् सिमेन्ट १८ करोड ३८ लाख ६७ हजार चार सय रुपैयाँ, सर्वोत्तम सिमेन्ट १८ करोड २४ लाख ७१ हजार पाँच सय ५६ रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरन्स छ करोड २३ लाख रुपैयाँ र सोनापुर मिनरल्स छ करोड दुई लाख ९३ हजार आठ सय ५३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

साथै मनकामना स्मार्ट लघुवित्तको नौ दशमलव ९९, गुराँस लघुवित्तको नौ दशमलव ९७, तारागाउँ रिजेन्सी होटलको नौ दशमलव ९०, रविन नेपाल लघुवित्तको शेयर मूल्य  नौ दशमलव २१ प्रतिशतले बढेको छ।

पिपल्स पावरको नौ दशमलव शुन्य पाँच, सर्वोत्तम सिमेन्टको पाँच दशमलव ८५, रिभर फल्स पावरको चार दशमलव शून्य नौ, इमर्जिङ नेपालको तीन दशमलव ४६ र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य  तीन दशमलव ३१ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.