|

काठमाडौँ : सशस्त्र प्रहरी बलले धनुषाबाट १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ। 

गएराती जिल्लाको शहिदनगर नगरपालिका २ तिनकोरिया बिरेन्द्रबजार बाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।

शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिइएको प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका ६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको छ।

मोटरसाईकलम ल्याउँदै गरेको मोबाइलको मूल्य ५ लाख ३५ हजार र मोटरसाईकलको १ लाख मूल्य कायम गरी आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.