|

अमेरिकाले पुनः युक्रेनलाई राहत प्याकेज उपलब्ध गराउने तयारी गरेको छ। 

रुसी आक्रमणयता खर्बौँ रकम बराबरको हतियार सहयोग गरेको अमेरिकाले पछिल्लोपटक राहत प्याकेजका सन्दर्भमा देशभित्र व्यापक विरोध भएपछि यसबारे निर्णय लिन सकेको थिएन। तर पछिल्लोपटक इजरायल–इरान तनाव शुरु भएपछि अमेरिकी संसद इजरायललाई समेत राहत प्याकेज दिने गरी युक्रेनको राहत प्याकेज निणयार्थ अघि बढाउन तयार भएको हो। 

अमेरिकी संसदमा यो प्रस्तावमा आज मतदान हुने भएको छ। यो प्याकेजअनुसार अमेरिकाले युक्रेनलाई झण्डै ६१ अर्ब डलर र इजरायललाई २६ अर्ब डलर अनुदान दिने तयारी गरेको छ। केही दिनअघि मात्रै युक्रेनले रुसी आक्रमण जारी रहँदा अब अमेरिकी लगायत वैदेशिक सहयोग नभए तेस्रो विश्वयुद्ध हुनसक्ने बताएको थियो। 

यसैबीच, पाकिस्तानलाई ब्यालेस्टिक मिसाइल बनाउने सामान दिएको भन्दै अमेरिकाले विभिन्न ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा चीनका तीनवटा र बेलारुसको एउटा छ। 

अमेरिकी विदेश मन्त्रालयले प्रतिबन्ध लगाइएका चीनको शिआन लोङ्डे, तियानजिन क्रियटिभ सोर्स तथा ग्रेनपेक्ट कम्पनी र बेलारुसको मिन्स्क कम्पनीले पाकिस्तानलाई ब्यालेस्टिक मिसाइलका निमार्ण गर्न सामग्री पठाइरहेको दाबी गरेको छ। उक्त सामान लामो दूरीका ब्यालेस्टिक मिसाइलमा प्रयोग गर्ने गरिएको अमेरिकी दाबी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.