|

काठमाडौं : २०७२ वैशाख १२​ को महाभूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ भूकम्पले ज्यान गुमाएका नागरिकको सम्झनामा बिदा दिने निर्णय गरेको बताए। 

गाउँपालिका १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा बुधबार दिउँसो ११:४५ बजेश्रद्धाञ्जली सभा राखेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.