|
सांकेतिक तस्विर

काठमाडौं : सर्लाहीको बलरा नगरपालिका मिर्जापुरस्थित एक बिहेघरमा आगलागी हुँदा दुईजना घाइते भएका छन्। बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको घरमा गएराति आगलागी भएको हो। 

घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतो र स्थानीय २३ वर्षीय राज मंगल घाइते भएका प्रहरीले जनाएको छ। दुवैका हातगोडा जलेको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। बिजुलीको तार सट भएर आगलागी भएको प्रहरीले जनाएको छ। 

यसैबीच, गएराति सर्लाहीकै कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यु नष्ट भएको छ । 

आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यु जलेको हो । दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.